‍संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा तस्विर तथा भिडियो बनाउने १ सय २० जना सशस्त्र प्रहरी कारवाहीमा

<p>काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारवाही गरेको छ । उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, [&hellip;]</p>

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारवाही गरेको छ ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।

कारवाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहयाक निरीक्षक ५ जना, बरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गराइएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारवाही गर्दै आएको छ ।

संगठनको नियमविपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारवाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।

फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना, र जवान २१ जना रहेका छन् ।

Share News