काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहकार्यमा लुम्बिनी बुद्धिष्ट यूनिभरसिटी तथा लुम्बिनी रिसर्च सेन्टर फर अन्डरस्ट्यान्डिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्समा कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित उक्त छलफल कार्यक्रममा प्रोफेसर वल्फग्याङ डिर्चस्लर, चेयर अफ गभरनेन्स याट द रागनर नुर्कसे स्कुल अफ इनोभेसन एण्ड टेक्नोलोजि, इष्टोनियाले बुद्धिष्ट इकोनोमिक्सको बारेमा विषेश जानकारी दिएका थिए ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय बौद्धिक वर्गहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेषत सेल्फ सफिसेन्सीमा विचार आदान प्रदान भएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा सहकार्य गरेको जानकारी गराईन्छ ।