जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न रास्वपाको माग

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् । उनले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।

उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् ।

उनले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भीर रूरुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरू समेत जलनमा पर्ने गरेको बताइन् ।

सांसद कंसाकारले भनिन्, ‘थिन्क सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित भएको छ । त्यसैले जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । यही आवश्यकता महसुस गर्दै मैले ७ महिना अगाडि गैरसरकारी विधेयक दर्ता गराएकी थिएँ । बर्सेनि ६० देखि ६५ हजार नेपालीहरू जलनमा पर्ने गर्छन । त्यसकारण जलन विधेयक पारित गरौं । जलन उपकेन्द्र स्थापना गरौं ।’

उनले उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको बताइन् ।

कंसाकारले ७ महिनाअघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराएकी थिइन् ।

Share News