पहाडी र हिमाली क्षेत्रमा हिमपात, अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने

<p>काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू-भागका [&hellip;]</p>

काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

साथै तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली आएको छैन । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् ।

‘मौसम बदली भएसँगै शनिबार पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान-बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो,’ उनले भनिन् ।

अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले बताइन् ।

‘जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ,’ उनले भनिन् ।

Share News