काठमाडौं । गणपति लघुवित्त र नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राािखएको छ । लघुवित्त संस्थाका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
गणपति लघुवित्त संस्थाको संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता र नेशनल लघुवित्तको ८ संस्थापक सेयरधनीले ५२ हजार २४९ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
नेशनल लघुवित्तका संस्थापक सेयरधनी गोमादेवी चुडालको ५ हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको १ हजार ७४९ कित्ता, बलभद्र अधिकारीको १५ हजार कित्ता, रुपमाया गरुङ्गको १२ हजार कित्ता, लक्ष्मण पाण्डेको १० हजार कित्ता, डिक बहादुर पाण्डेको ३ हजार ५ सय कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता र वेद बहादुर थापाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।