पूर्वाधार तयार नहुँदा अन्नपूर्णमा अन्तर्राष्ट्रिय चेनको दुषित थानी आउन ढिलाइ, अझै तीन वर्ष लाग्ने अनुमान

<p>काठमाडौं । पाँचतारे होटल अन्नपूर्ण होटलले अन्तर्राष्ट्रिय चेन दुषित थानी ल्याउन गरेको सहमति करिब २ वर्ष पुगिसकेको भएपनि पूर्वाधार तयार नहुँदा विदेशी चेन भित्र्याउन सकेको छैन । अन्नपूर्ण होटलकी निर्देशक सिर्जना राणाका अनुसार थाइल्याण्डको अन्तर्राष्ट्रिय चेन भित्र्याउने भनेर सहमति भएपनि आवश्यक पूर्वाधार तयार पार्न नसक्दा दूषित थानी आउन ढिलो भएको बताइन । उनका अनुसार होटले [&hellip;]</p>

काठमाडौं । पाँचतारे होटल अन्नपूर्ण होटलले अन्तर्राष्ट्रिय चेन दुषित थानी ल्याउन गरेको सहमति करिब २ वर्ष पुगिसकेको भएपनि पूर्वाधार तयार नहुँदा विदेशी चेन भित्र्याउन सकेको छैन । अन्नपूर्ण होटलकी निर्देशक सिर्जना राणाका अनुसार थाइल्याण्डको अन्तर्राष्ट्रिय चेन भित्र्याउने भनेर सहमति भएपनि आवश्यक पूर्वाधार तयार पार्न नसक्दा दूषित थानी आउन ढिलो भएको बताइन । उनका अनुसार होटले २ वर्षमै ६० कोठा थप गर्ने, गुणस्तर, सेवा सुविधा थप गर्ने र अन्तर्राष्ट्रिय चेन ल्याउने तयारी गरेको थियो ।

 

राणाका अनुसार यो समयमा १६० कोठाको होटल २३० कोठाको बनाउने भन्ने तयारी थियो । तर, लगानीको वातावरण बन्न नसक्दा र अन्य प्राविधिक कारणले अन्तर्राष्ट्रिय चेन भित्र्याउन ढिलो भएको उनले स्वीकार गरिन् । राणाका अनुसार अबको तीन वर्षमा सेवा, सुविधा, गुणस्तर, पूर्वाधारको क्षमता बढाएर दुषित थानी भित्र्याउने लक्ष्य छ ।

राणाका अनुसार ६० कोठा थप गर्नुपर्ने, सभा सम्मेलन हलको क्षमता बढाउने, होटलमा क्यासिनो राख्नेसहितका सबै काम गरेर मात्रै विदेशी चेन ल्याउनुपर्छ । विदेशी चेन ल्याउदा उसको गुणस्तरलाई खस्कन नदिने, सोही अनुसारको सेवा सुविधा हामीले नपुराएसम्म विदेशी चेन पनि नआउने भएकोले आवश्यक तयारी भइरहेको राणाले जानकारी दिइन् ।

राणाका अनुसार होटलले हाल चितवतको जगतपुरमा आफ्नो होटलको शाखाका रुपमा जगतपुर रिसोर्ट संचालनमा ल्याएको छ । उनका अनुसार विदेशी चेन ल्याउन लाग्ने तयारीमा ढिलो भएकोले पनि यो रिर्सार्टमा लगानी गरिएको हो । अब हामी होटलकै क्षमता र सेवा सुविधामा बढाउनमा केन्द्रित हुने छौ, राणाले विकास न्युजसँग भनिन् ।

क्यसिनो इम्पेरिलय भित्रदै
यो होटलमा क्यासिनो इम्पेरियल भित्रने भएको छ । यो क्यासिनो संचालन गर्न हालको कुमारी व्याक्वेटमा हल प्रयोग हुने भएको छ । होटलले हल प्रयोग गर्न दिने गरी आवश्यक पूर्वाधार बनाउन दिने भएको छ ।

राणाका अनुसार क्यासिनो संचालन गर्ने दिने विषयले अन्तिम टुङ्गो नलागेको बताइन् । उनका अनुसार आवश्यक सर्त र सुविधा अनुसारको सहमति होटलसँग हुन बाँकी रहेको छ ।

यो होटलमा क्यासिनो संचालन गर्ने विषयमा भने २ महिना अगाडि नै पर्यटन विभागबाट क्यासिनो इम्पेरियले पूर्व सहमति लिइसकेको छ । क्यासिनोमा ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपालीको लगानी हुने भएको छ ।

विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार क्यासिनोले पूर्व सहमति लिएर गएकोले आवश्यक पूर्वाधार बनाउँदै छ । यसले पूर्वाधार बनाएर संचालनको लागि मात्रै अन्तिम स्वीकृति लिन आउने भएको पनि उनको भनाइ छ ।

Share News