
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
अख्तियार अनुसन्धान दुरुपयाेग आयाेगले बिहीबार पौडेलसहित २ जना विरुद्ध घुस लिई भ्रष्टाचार गरेको आराेपमा आरोपपत्र दायर गरेकाे हाे ।
आयाेगले पौडेलले कार्यकारी निर्देशक पदमा रहँदा सुरक्षा उपकरणहरू र नेटवर्क सामग्रीको आपूर्ति, डेलिभरी र स्थापना गर्दा खरिदमा संलग्न कम्पनीहरूबाट ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ ।
आयाेगले पाैडेलले भ्रष्टाचार गरेकाे भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनी र एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दसँग मिली रकम घोटाला गरेकाे आराेप लगाएकाे छ ।
अख्तियारले पाैडेलविरुद्ध ३ कराेड ८ लाख ५० हजार ४०० बिगाे दाबी गरेकाे छ ।
[pdf id=538636]