कमलपोखरीमा ग्याँस सिलिन्डर विष्फोट, १४ घाइते हुँदा दुई जनाको अवस्था गम्भीर

<p>काठमाडौं । कमलपोखरीस्थित सानदार मोमो पसलमा बिहीबार बिहान ग्याँस सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ [&hellip;]</p>

काठमाडौं । कमलपोखरीस्थित सानदार मोमो पसलमा बिहीबार बिहान ग्याँस सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

Share News