मूल्य बढेसँगै कति पुग्यो पेट्रोलियम पदार्थको भाउ ?

<p>काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट [&hellip;]</p>

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा मूल्य बढाएको बताएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

Share News