ललितपुर महानगरको १३ र २५ वडा जोड्ने नख्खु खोलाको मोटरेबल पुल आजदेखि सञ्चालन

<p>काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने मोटरेबल पुल आजदेखि सञ्चालनमा आएको छ । शुक्रबार महानगरका नगरप्रमुख चिरीबाबु महजर्नले उक्त पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो । यो पुल सञ्चालनमा आएसँगै वडा न. १३, १४ २५ तथा दक्षिण ललितपुर बुंगमती, खोकनातर्फ जाने जनताले बैकल्पिक सडकको रुपमा सुविधा [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने मोटरेबल पुल आजदेखि सञ्चालनमा आएको छ ।

शुक्रबार महानगरका नगरप्रमुख चिरीबाबु महजर्नले उक्त पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो ।

यो पुल सञ्चालनमा आएसँगै वडा न. १३, १४ २५ तथा दक्षिण ललितपुर बुंगमती, खोकनातर्फ जाने जनताले बैकल्पिक सडकको रुपमा सुविधा लिन सक्ने भएका छन् ।

यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको हो । सम्झौता २०७९ भदौ ३ गते भएको थियो भने काम सुरु २०७९ भदौ ५ गतेबाट भएको थियो ।

काम सुरु भएको २ वर्षभित्र सकाउने सम्झौता भएपनि सम्पन्न नभएपछि म्याद थप गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार २०८१ मंसिर २० गते म्याद थप भई निर्माण सुरु भएर सम्पन्न भएको थियो ।

Share News