रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार, सभामुखले दिएनन् बोल्न

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा संसद बैठक बहिस्कार गरेको छ । रास्वपाले अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदले बैठक बहिस्कार गरेका हुन् । रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरेको थियो । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा संसद बैठक बहिस्कार गरेको छ ।

रास्वपाले अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदले बैठक बहिस्कार गरेका हुन् ।

रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरेको थियो । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका थिए ।

तर, सभामुख घिमिरेले समय नदिएपछि उनीहरुले सभा नै बहिस्कार गरेर बैठकबाट बाहिरिएका हुन् ।

Share News