काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्म १ अर्ब रुपैयाँको डाइपर आयात भएको छ ।
चालु आवको पौष मसान्तसम्म १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बढीको डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार उक्त डाइपर आयात हुँदा ३४ करोड ८२ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा १५ वटा देशहरूबाट डाइपर आयात हुने गरेको छ ।
अस्ट्रेलिया, भारत, डेनर्माक र चीन जस्ता मुलुकहरूबाट डाइपर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै भारतबाट ६९ करोड रुपैयाँ बढीको आयात भएको छ ।
साथै चीनबाट ४५ करोड र डेनर्माकबाट ५९ लाख रुपैयाँ बढीको डाइपर आयात भएको विभागले जनाएको छ ।