ट्रेड टावरको व्यापार २३.३३ प्रतिशत बढ्यो

<p>काठमाडौं । थापाथलीस्थित ट्रेड टावर लिमिटेडको व्यापार २३.३३ प्रतिशत बढेको छ । कम्पनीले २०२३/२४ मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष २०२२/२३ कम्पनीले ९ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो । यस्तै, कम्पनीले २०२१/२२ मा ८ करोड १० लाख रुपैयाँ, २०२०/२१ म ६ करोड ८० लाख रुपैयाँ, २०१९/२० मा [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित ट्रेड टावर लिमिटेडको व्यापार २३.३३ प्रतिशत बढेको छ । कम्पनीले २०२३/२४ मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष २०२२/२३ कम्पनीले ९ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले २०२१/२२ मा ८ करोड १० लाख रुपैयाँ, २०२०/२१ म ६ करोड ८० लाख रुपैयाँ, २०१९/२० मा ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

ट्रेड टावर भाडामा लिने र पूर्वाधार विकास गतिविधिहरूमा संलग्न छ । ट्रेड टावर अप्रिल २०११ देखि सञ्चालनमा रहेको व्यावसायिक भवन हो । साथै कम्पनीले हालै काठमाडौंको गौशालामा रहेको तीन–तारे होटल क्रिस्टल पशुपति (पूर्व ट्रेड टावर गौशाला) पनि सञ्चालनमा ल्याएको छ ।

अक्टोबर २०२४ सम्म कम्पनीमा ३५० भन्दा बढी संस्थापक सेयरधनीहरू रहेका छन् । साथै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ । शिवहरि दंगाल कम्पनीका मुख्य लगानीकर्ता हुन् भने उनी नै कम्पनीको अध्यक्ष छन् ।

 

Share News