सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।
यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार लक्ष्य तोकिएको थियो । तर, छ महिनाको यस अवधिमा कार्यालयले एक करोड ७१ लाख ४५ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको करिब ८४ प्रतिशत हुन आउँछ ।
कार्यालयका भन्सार अधिकृत मुकेशकुमार पाठकका अनुसार अपेक्षित राजस्व सङ्कलन हुन नसक्नुमा सिरहा जिल्लामा ‘खाद्य तथा प्लान्त क्वारेन्टाइन’ नहुनु हो ।