सरकारसँग आन्तरिक छलफलमा निर्माण व्यवसायी, निर्णय नभए १८ गतेदेखि आन्दोलन सुरु गर्ने

<p>काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आन्तरिक छलफलमा जुटिरहेको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले हाल सरकारसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए । महासंघले सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको अवधि सकिएको छ । उनले भने ,‘हामीले सरकारसँग आन्तरिक रूपमा छलफल गरिरहेका छौं । सबै सरकारी निकायमा ज्ञापनपत्र बुझायौं [&hellip;]</p>

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आन्तरिक छलफलमा जुटिरहेको बताएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले हाल सरकारसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए । महासंघले सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको अवधि सकिएको छ ।

उनले भने ,‘हामीले सरकारसँग आन्तरिक रूपमा छलफल गरिरहेका छौं । सबै सरकारी निकायमा ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीजीको स्वास्थ्यमा समस्या आएकाले उहाँलाई भेट्न सकिएको अवस्था छैन । छिट्टै भेट्ने कुरा भइरहेको छ । छलफलबाट यदि ठोस निर्णय आएन भने जटिल रूप लिने निश्चित छ ।’

अध्यक्ष सिंहले छलफलबाट कुनै निर्णय नभए आफूहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम १८ गतेदेखि गर्ने चेतावनी पनि दिए ।

उनले निर्माण उद्योगप्रतिको सरकारी उदासीनताविरुद्ध अब निर्णायक आन्दोलनको विकल्प नभएको निष्कर्षमा आफूहरू पुगेको र आन्दोल नरोकिने भन्दै सचेतसमेत गराए ।

उनले भने, ‘माघ १८ गतेदेखि आन्दोलनका कार्यक्रम घोषण गरेका थियौं । आन्दोलन जारी रहन्छ । २१ गते सरस्वती पूजा परेको रहेछ । त्यो ध्यान हामीले गरेनाैं । २१ गते राजधानी भित्रिने नाका ठप्प गर्ने भनेका थियौं । त्यो दिन सार्नुपर्ने हुन सक्छ । ’

उनले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको पनि बताए ।

Share News