काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । हिजो मंगलबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १४ सयले वृद्धि भएको छ ।
यस दिन छापावाला सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलाको २० रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदी १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।