बीमाको रकम फोन खर्चमा राख्दा बैंकका सीईओ बने ट्रोल

<p>काठमाडौं । अहिले सामाजिक सञ्जालमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाको टेलिफोन सुविधाको विषयमा चर्काे आलोचना भइरहेको छ । एक आर्थिक वर्षमै टेलिफोन सुविधाबापत १३ लाख ४० हजार रुपैयाँ खर्च गरेपछि उनी सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका हुन् । बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमा सीईओको टेलिफोन खर्च उल्लेख्य रूपमा बढाएर [&hellip;]</p>

काठमाडौं । अहिले सामाजिक सञ्जालमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाको टेलिफोन सुविधाको विषयमा चर्काे आलोचना भइरहेको छ । एक आर्थिक वर्षमै टेलिफोन सुविधाबापत १३ लाख ४० हजार रुपैयाँ खर्च गरेपछि उनी सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका हुन् ।

बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमा सीईओको टेलिफोन खर्च उल्लेख्य रूपमा बढाएर राखेको देखेपछि धेरैले यस विषयमा चासो देखाएका छन् । कतिपयले टेलिफोन सुविधाको खर्चलाई लिएर उनको व्यस्ततासँग व्यङ्ग्य प्रहार गरेका छन् । सीईओ राणाले टेलिफोन सुविधामार्फत बैंकबाट साढे १३ लाख रुपैयाँ लिएका हुन् त ? यस जिज्ञासाको जवाफ दिँदै बैंकले भने त्रुटि भएको बताएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सतिशराज जोशीले बीमा सुविधामा खुलाउनुपर्ने रकम टेलिफोन खर्च शिर्षकमा पर्न गएको जानकारी दिए ।

‘बैंकले सीईओ राणालाई बीमा, सुरक्षा, टेलिफोन र गाडी इन्धनको सुविधा दिएको छ, ती सबै सुविधा टेलिफोन शिर्षकमा राखिएको हो । तर, धेरैले त्यसलाई टेलिफोन सुविधाको रुपमा मात्रै बुझे, सत्यता त्यस्तो होइन,’ उनले भने ।

गत वर्ष सीईओ राणाले २ करोड १५ लाख २ हजार रुपैयाँ तलब तथा भत्ता बुझेका छन् । जसमा उनले १ करोड ८६ लाख रुपैयाँ तलब, १५ लाख ५० हजार रुपैयाँ भत्ता, १३ लाख ४० हजार रुपैयाँ टेलिफोन तथा मोबाइल र १२ हजार रुपैयाँ विविध शिर्षकमा सेवा सुविधा लिएका छन् ।

Share News