काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अधिकांश देशको मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४३ रुपैयाँ र बिक्रीदर १७३.१८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.६७ रुपैयाँ र बिक्रीदर १५४.३४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८२ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.०३ रुपैयाँ र बिक्रीदर ९६.४५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.६४ रुपैयाँ र बिक्रीदर १०३.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ९.०० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८१ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४९ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७० रुपैयाँ र बिक्रीदर १७.७८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.६८ रुपैयाँ र बिक्रीदर ३६७.२७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.०९ रुपैयाँ र बिक्रीदर ३५९.६५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।