बसन्तपुरमा बेनेभिस आइसक्रिम पार्लर, २५ प्रतिशत ओपनिङ्ग छुट

<p>काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय स्कटिस ब्रान्ड बेनेभिसले बसन्तपुर, झोछेँचोकमा आफ्नो नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई विभिन्न स्वादहरू मार्फत सेवा दिएपछि बेनेभिसले पार्लरमा थप अद्वितीय स्वादहरू प्रदान गर्नेछ । कम्पनीले निकट भविष्यमा थप आउटलेटहरू विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०१८ मा आफ्नो स्थापना भएदेखि नै बेनेभिसले ग्राहकहरूलाई विभिन्न आउटलेटहरू, मार्टहरू र सुपरस्टोरहरू [&hellip;]</p>

काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय स्कटिस ब्रान्ड बेनेभिसले बसन्तपुर, झोछेँचोकमा आफ्नो नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई विभिन्न स्वादहरू मार्फत सेवा दिएपछि बेनेभिसले पार्लरमा थप अद्वितीय स्वादहरू प्रदान गर्नेछ ।

कम्पनीले निकट भविष्यमा थप आउटलेटहरू विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०१८ मा आफ्नो स्थापना भएदेखि नै बेनेभिसले ग्राहकहरूलाई विभिन्न आउटलेटहरू, मार्टहरू र सुपरस्टोरहरू मार्फत सेवा दिँदै आएको छ ।

उत्कृष्ट र नवीन स्वादहरू सहितको आइसक्रिम अनुभव समेत प्रदान गर्दै आएको कम्पनीको दाबी छ । नयाँ पार्लरले भ्यानिला कारमेल, ब्राउनी, स्ट्रबेरी चिजकेकदेखि मिडनाइट कुकीज र पिनट बटर, भेगन र चकलेट जस्ता अनौठो स्वाद संयोजन जस्ता प्रिमियम स्वादहरू प्रदान गर्नेछ ।

कम्पनीले पार्लरमा वाल्टर क्लेम्यानको नाममा वाफल सेग्मेन्ट पनि ल्याएको छ । बेनेभिसले नेपालको आइसक्रिम बजारमा गुणस्तर र स्वादको मापदण्ड तोक्ने र नयाँ पार्लरमा विभिन्न स्वादका आइसक्रिम वितरण गर्ने लक्ष्य राखेको कम्पनीका सञ्चालक रश्मी कर्माचार्यले जानकारी दिए ।

कम्पनीका प्रबन्ध निर्देशक विकल कर्माचार्य र अभिनेत्री आना शर्माले संयुक्त रुपमा रिबन काटेर बसन्तपुर आइसक्रिम पार्लरको उद्घाटन गरे । साथै कम्पनीले सबै ग्राहकहरुलाई आफ्नो पार्लरमा सीमित अबधिका लागि २५ प्रतिशत ओपनिङ्ग छुट दिने भएको छ ।

Share News