काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.४४ रुपैयाँ र बिक्रीदर १४५.०७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.८० रुपैयाँ र बिक्रीदर १७२.५५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९५ रुपैयाँ र बिक्रीदर १५२.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.९५ रुपैयाँ र बिक्रीदर ९६.३७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२६ रुपैयाँ र बिक्रीदर १०२.७० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६० रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३६ रुपैयाँ र बिक्रीदर १९.४४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६८ रुपैयाँ र बिक्रीदर १७.७५ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४६.७२ रुपैयाँ र बिक्रीदर ४४८.६७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.१३ रुपैयाँ र बिक्रीदर ३६६.७२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५७.५९ रुपैयाँ र बिक्रीदर ३५९.१५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।