काठमाडौं । एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनीहरूले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
एनएमबि बैंकका संस्थापक सेयरधनीहरूले ५ लाख ९८ हजार १४५ कित्ता, प्राइम बैंकका संस्थापकले ५ लाख ५ हजार १८६ कित्ता र कामना सेवा विकास बैंकका संस्थापकले १ लाख ७७ हजार ७६६ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
एनएमबि र कामना सेवा विकास बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।
प्राइम बैंकको सेयरमा भने सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । बैंकको सेयरमा आज माघ १३ गतेदेखि माघ २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ ।