काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले ३७ जना नायब उपरीक्षक(डीएसपी) लाई बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयमा बसेको समितिको बैंठकले ३७ जनालाई उपरीक्षक(एसपी)मा बढुवा गरेको हो ।
प्रधान कार्यालयल एक सूचना जारी गर्दै बढुवा भएको जानकारी गराएको छ ।
बढुवा हुनेहरुमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की, फणीन्द्र प्रसाईं, शरतकुमार थापा, युवराज खड्का रहेको सूचनामा उल्लेख छ ।
यसैगरि राजन चापागाईं, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निसान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा भएको जनाइएको छ ।


