काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा पौने १६ अर्बको मोबाइल भित्रिएको छ । चालु आवको पौष मसान्तसम्म नेपालमा १६ अर्ब ७१ करोड रुपैयाँ बढीको आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ११ लाख ११ हजार वटा स्मार्टफोन आयात हुँदा ३ अर्ब ११ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । उक्त्त स्मार्टफोन विभिन्न ५० वटा देशहरूबाट आयात हुने गर्छ । विशेषगरी नेपालमा चीन, भारत, जापान, जर्मनी, युनाइटेड अरब, फ्रान्स र कोरीया जस्ता मुलुकबाट स्मार्टफोन आयात हुने विभागको तथ्यांकले देखाएको छ ।
सबैभन्दा धेरै चीनबाट स्मार्टफोन आयात हुन्छ । चीनबाट ११ अर्ब ५८ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा २ अर्ब १६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
साथै, दास्रोमा भारतबाट बढी आयात भएको तथ्यांकले देखाएको छ । भारतबाट ४ अर्ब ८२ करोड रुपैयाँ बढीको आयात हुँदा ८९ करोड ९९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
यस्तै, जापानबाट ४ करोड ७४ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ८८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । युनाइटेड अरबबाट ५करोड ८३ लाख रुपैयाँ बढीको आयात हुँदा १ करोड ७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
त्यसैगरी अस्ट्रेलियाबाट २ करोड ८९ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ५४ लाख १९ हजार रुपैयाँ बढीे राजस्व संकलन भएको विभागले जनाएको छ ।