काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६५ करोड रुपैयाँ बढीको स्याम्पु आयात भएको छ ।
चालु आवको पौष मसान्तसम्म ६५ करोड २१ लाख रुपैयाँ बढीको स्याम्पु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएकाे छ ।
विभागका अनुसार उक्त स्याम्पु आयात हुँदा ३८ करोड ६ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
नेपालमा ३७ वटा मुलुकबाट विभिन्न प्रकारका स्याम्पु आयात हुने गरेको छ । विषेशगरी अस्ट्रेलिया, चीन, जापान, जर्मनी र भारतबाट स्याम्पु आयात हुने तथ्यांकले देखाएको छ ।