काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५० करोड रुपैयाँ बढीको सुन्तला आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ५० करोड ६१ लाख ७१ हजार रुपैयाँको सुन्तला आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ७० लाख ४८ हजार ५३७ किलो सुन्तला आयात भएको छ । उक्त सुन्तला आयात हुँदा ९ करोड ७५ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
नेपालमा सुन्तला चीन, इजिप्ट, भारत र साउथ अफ्रिकाबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै भारतबाट सुन्तला आयात भएको छ । भारतबाट ४० करोड ७५ लाख रुपैयाँ बढीको सुन्तला आयात भएको छ ।
साथै, दोस्रोमा इजिप्टबाट ४ करोड ६२ लाख रुपैयाँ बढीको आयात भएको छ । साउथ अफ्रिकाबाट २ करोड ८५ लाख रुपैयाँ र चीनबाट २ करोड ३७ लाख रुपैयाँ बढीको सुन्तला आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ ।
भारतबाट ६२ लाख ४१ हजार किलो सुन्तला आयात भएको छ । साथै, चीनबाट १ लाख ९५ हजार किलो, इजिप्टबाट ४ लाख २७ हजार किलो र साउथ अफ्रिकाबाट १ लाख ८४ हजार किलो सुन्तला आयात भएको छ ।
भारतबाट सुन्तला आयात हुँदा ७ करोड ७५ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
साथै, चीनबाट ४७ लाख ४६ हजार, इजिप्टबाट ९४ लाख ७३ लाख र साउथ अफ्रिकाबाट ५७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।