६ महिनामा ६ अर्ब बढीको लसुन आयात

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब रुपैयाँ बढीको लसुन आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६ अर्ब १८ करोड ५४ लाख रुपैयाँको लसुन आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त लसुन आयात हुँदा १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब रुपैयाँ बढीको लसुन आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६ अर्ब १८ करोड ५४ लाख रुपैयाँको लसुन आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार उक्त लसुन आयात हुँदा १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा लसुन चीन र भारतबाट आयात हुने भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै लसुन चीनबाट आयात भएको छ । चीनबाट ६ अर्ब १८ करोड ३९ लाख रुपैयाँ बढीकाे लसुन आयात भएको हो । भारतबाट भने १५ लाख ४७ हजार रुपैयाँ बढीको आयात भएको छ ।

विभागका अनुसार ४ करोड ६९ लाख किलो लसुन चीनबाट ल्याउँदा १ अर्ब ५९ करोड राजस्व संकलन भएको छ । साथै भारतबाट १२ हजार ५०० किलो लसुन ल्याउँदा ३ लाख ८२ हजार राजस्व संकलन भएको छ ।

Share News