
काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्कले ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरूको घोषणा गरेको छ ।
आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर विजेता भएका हुन् । तीनैजना आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए ।
प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गरे ।
यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ ।
अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।
‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले सनसिल्क भाइब्सलाई नयाँ उचाइमा लगेको हो।
सनसिल्क सधैं नयाँ प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको छ ।
यो वर्ष नेपालभरिका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरेका थिए ।