३१ प्रतिशतले बढ्यो निर्यात, ६ महिनामा ८ खर्ब २२ अर्ब बढीको आयात

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात ह्वात्तै बढेको छ । यो अवधिमा ३१.७८ प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत आवको ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । चालु आवको ६ महिनामा यस्तो निर्यात ९८ अर्ब ७८ करोड ९२ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात ह्वात्तै बढेको छ । यो अवधिमा ३१.७८ प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत आवको ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । चालु आवको ६ महिनामा यस्तो निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

निर्यातसँगै आयात पनि वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा आयात ७.०६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ७ खर्ब ६८ अर्ब १६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । चालु आवको सोही अवधिमा यस्तो आयात ८ खर्ब २२ अर्ब ३७ लाख पुगेको विभागले जानकारी दिएको छ ।

यस्तै, व्यापार घाटा पनि बढेको छ । यो अवधिमा व्यपार घाटा ४.३८ प्रतिशतले वृद्धि हुँदा वैदेशिक कारोबार ९.२५ प्रतिशतले वृद्धि भएको छ ।

Share News