६ महिनामा कुमारी बैंकको नाफा साढे २७ करोड, कस्ता छन् अन्य सूचक ?

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्म कुमारी बैंकको खुद नाफा घटेको छ । पौष मसान्तसम्म बैंकको खुद नाफा ६८.२० प्रतिशत घटेको हो । पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्म कुमारी बैंकको खुद नाफा घटेको छ । पौष मसान्तसम्म बैंकको खुद नाफा ६८.२० प्रतिशत घटेको हो ।

पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटदा कमिशन आम्दानी १५.१२ प्रतिशत बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ ५१ रुपैयाँ घटेर २‍.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ।

Share News