८५ प्रतिशतले बढ्यो प्रभु बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचक

<p>काठमाडौं । प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको हाे । चालु आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। गत आवको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको हाे ।

चालु आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। गत आवको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, कमिशन आम्दानी १७.१८ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १९.३६ गुणा र वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।

Share News