राष्ट्रपतिले गरे द्रुतमार्गको निरीक्षण, समयमै काम सक्न निर्देशन

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए । उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए ।

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News