देश विकासमा इप्पानको ठूलो भूमिका छ, निजी क्षेत्रलाई सरकारले सक्दो सहयोग गर्छ : ओली

<p>&nbsp; काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी तथा सरकारी क्षेत्रले गर्नुपर्ने काम भैरहेको दाबी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)काे २५ औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो दावी गरे । उनले ईप्पानको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे । उनले इप्पानले देश विकासमा ठूलो योगदान दिएको बताए । उनले भने, &#8216;तपाईंहरूले [&hellip;]</p>

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी तथा सरकारी क्षेत्रले गर्नुपर्ने काम भैरहेको दाबी गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)काे २५ औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो दावी गरे ।

उनले ईप्पानको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे । उनले इप्पानले देश विकासमा ठूलो योगदान दिएको बताए ।

उनले भने, ‘तपाईंहरूले ठूलो योगदान दिनुभएको छ । देशको विकास मार्गमा यहाँहरूले ठूलो उपलब्धि हासिल गर्नु भएको छ । साँच्चिकै नेपाल आधुनिकतिर लम्किरहेको छ । देशमा ९५ प्रतिशत बिजुली पुगिसकेको छ । यसमा हामीले खुसी हुनुपर्छ । तपाईंले व्यवस्था बदलियो, अवस्था उस्तै छ भन्ने उखानलाई उदाहरण नै दिनुभएको छ ।’

कार्यक्रममा उनले नेपाल प्राकृतिक रूपमा धनी देश भएको बताए । देशमा भएका स्रोतसाधनलाई समृद्धि हुने गरी, उन्नति प्रगति हुने गरी अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रधानमन्त्री ओलीले पूर्वाधार नै विकास भएको बताए । ऊर्जा क्षेत्रमा फड्को मार्न सकेमा देश आफै समृद्धि हुने उनको भनाइ छ । उनले उर्जालाई उत्पादन गर्नुपर्नमा सबैको साथ आवश्यक रहेको बताए ।

उनले भने, ‘अब देशमा ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन गर्नमा अरूलाई लिएर होइन, आफै लागेर अघि बढेर ऊर्जा उत्पादन गर्नुपर्छ । यो पक्कै सम्भव छ । यसमा सरकार लागिरहेको छ । विकासलाई अगाडि बढाउनुपर्छ ।’

आआफ्नो क्षेत्रका काममा जिम्मेवार भइ लाग्नुपर्ने उनको भनाइ छ ।

इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरू बनाएर कार्यक्रमको आयोजना गरेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५ सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरूलाई प्रस्तुत गर्नको लागि विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउन लागेको कार्कीको भनाइ छ ।

१०० मेगावाटका आयोजनामा सीमित गर्ने सरकारको प्रस्तावले निजी क्षेत्र त्रासित

Share News