काठमाडौं । यती डेभलपमेण्ट बैंकले १०७ औं अन्तराष्ट्रिय नारी दिबसको अवसरमा नारीहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलबार विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नारीहरुको सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

बिगत लामो समय देखि कला क्षेत्रमा तथा रेडियो प्रस्तोताको रुपमा समाजमा गहिरो छाप छोड्न सफल लक्ष्मी भुषाल, लामो समय देखि संचार क्षेत्रमा योगदान पुर्याएकी कृष्णा ताम्राकार र आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरी आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गर्नु हुने ननिता महर्जनलाई बैंकले सम्मान गरेको छ ।
यी तीन नारीहरुलाई नगद तथा सम्मान–पत्र सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मान गरेका हुन् । संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ्य रहेकाले उनको सम्मान उनीको छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको बैंकले जनाएको छ ।
बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि सामाजीक कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकको योजना रहेको छ ।