महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा, बचतमै मुद्दती सरहको ब्याज पाइने

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्नेगरी बचतमै मुद्दती सरहको ब्याज पाइने बैंकले जनाएकाे छ। यस खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्ष सम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरुको भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्नेगरी बचतमै मुद्दती सरहको ब्याज पाइने बैंकले जनाएकाे छ।

यस खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्ष सम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।

अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्तीपश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाताजस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० रुपैयाँबाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरूको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरूको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

Share News