काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम लक्ष्मी लघुवित्त वित्तीय संस्था लिका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न पाउने छन् ।
उक्त सम्झौतापत्रमा लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि एजेन्टहरु छन् ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको बुमका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको पन्तले जनाए ।