काठमाडौं । सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा ४५ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले यूकेआइडीद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेसि टु फाइनान्स)को सहकार्यमा सो सेवाको विस्तार गरेको हो । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पुर्याइरहेको बैंकले जनाएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गरेका छन् । उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने विचार व्यक्त गरेका छन् । साथै आगामी दिनहरुमा पनि यस बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सानिमा बैंकको उक्त शाखा समेतसम्म ४५ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेका छन ।