अब सासु कोषको नियमन राष्ट्र बैंकले गर्ने, १० करोड बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीको जिम्मा सेबोनलाई

<p>काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको छ । सरकारले सोमबार राजपत्र जारी गर्दै सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको हो । यस्तै, सवारी साधन खरिद तथा गैर वित्तीय कर्जा प्रवाह गर्ने व्यवसायीको नियमन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकलाई नै दिइएको हो । सवारी साधन बिक्री गर्ने व्यवसायीको [&hellip;]</p>

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको छ । सरकारले सोमबार राजपत्र जारी गर्दै सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको हो । यस्तै, सवारी साधन खरिद तथा गैर वित्तीय कर्जा प्रवाह गर्ने व्यवसायीको नियमन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकलाई नै दिइएको हो ।

सवारी साधन बिक्री गर्ने व्यवसायीको नियमनको जिम्मेवारी भने यातायात व्यवस्था विभागलाई दिइएको छ ।

सरकारले पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वासोभन्दा बढी वार्षिक कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा २०८१ पुस मसान्तदेखि लागू हुने गरी नियमनको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको छ ।

यस्तै, पाँच करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजी वा दश करोड रुपैयाँ भन्दा्कम वार्षिक वार्षिक कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा जोखिमको आधारमा नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि नियमन गर्न सक्ने व्यवस्था गरेको छ ।

Share News