महिला लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसंगै सेयरधनीको हात खाली हुने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसंगै सेयरधनीको हात खाली हुने भएको छ ।

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

Share News