बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

<p>काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार २१ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले साँवा र ब्याज [&hellip;]</p>

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार २१ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले साँवा र ब्याज माघ १३ गते फिर्ता पाउनेछन् ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

Share News