काठमाडौं । नयाँ वर्ष २०२५ को पहिलो दिन नै अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज पनि नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत पुस १२ गते खरिद दर १३६.५६ रुपैयाँ र बिक्री दर १३७.१६ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.३५ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४३ रुपैयाँ र बिक्रीदर १७२.१८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.९० रुपैयाँ र बिक्रीदर ८५.२८ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.०७ रुपैयाँ र बिक्रीदर ९५.४९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३२ रुपैयाँ र बिक्रीदर १०१.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४३ रुपैयाँ र बिक्रीदर १२.४८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.६५ रुपैयाँ र बिक्रीदर ४४५.६० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.३८ रुपैयाँ र बिक्रीदर ३६३.९७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.०२ रुपैयाँ र बिक्रीदर ३५६.५८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।