एसियाली विकास बैंकले थप रू ५० अर्ब लगानी गर्ने, तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी

<p>काठमाडौं । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ । बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको [&hellip;]</p>

काठमाडौं । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ । बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो ।

आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका उपाध्यक्ष बेन्चाई झाङले ढिला भए पनि आयोजनाले गति लिएकामा खुसी व्यक्त गरे । सोही आयोजनाको दोस्रो चरणका लागि थप लगानी गर्ने विषयमा आफूहरुले छलफल गरिरहेको तथा अन्य केही ठूला आयोजनामा समेत लगानी गर्ने तयारीमा बैंक रहेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दिने सेवा प्रवाहका आधारमा लार्के र याङ्ग्रीको पानी ल्याउने विषयमा समेत छलफल गरिने उनको भनाइ थियो ।

सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ सरकारले अगाडि सारेको रणनीतिक योजनालाई सफल बनाउन बैंकको तर्फबाट भरपुर सहयोग रहने उपाध्यक्षको भनाइ थियो ।

बैंकले लगानी गरेको तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उनले पछिल्लो दिनमा परियोजना कार्यान्वयनमा आएको सहजताले आफूहरुलाई खुसी तुल्याएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रक्रियाले पनि गति लिने उपाध्यक्ष झाङको विश्वास थियो । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायतसँग भेटवार्ता गरी थप लगानीका बारेमा छलफल गरेका थिए ।

Share News