अध्यक्ष श्रेष्ठद्धारा हिमालयन बैंकको इटहरी शाखा कार्यालयको उद्घाटन

<p>काठमाडौं । हिमालयन बैंक लिमिटेडले सोमबार एक समारोहबीच इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उक्त नव निर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरेका छन् । उक्त समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत बैंकका पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सोमबार एक समारोहबीच इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उक्त नव निर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरेका छन् ।

उक्त समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत बैंकका पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति थियो ।

उक्त अवसरमा मन्तव्य राख्दै बैंक सञ्चालक समितिका अध्यक्ष  श्रेष्ठले इटहरीमा बैंकको आफ्नै शाखा कार्यालय भवनको समुद्घाटन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै बैंकको गतिविधिको जानकारी दिएका छन् । साथै उनले समग्र राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउ“दै लैजान र स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पुर्याउँदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिंदै जाने बताएका छन् ।

अतिथीका तर्फवाट इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेतले मन्तब्य दिंदै बैंकको प्रगतिमा बधाई दिदै बैंकका इटहरी शाखा प्रमुख तुल्सी कार्कीले शाखाले पुर्याईरहेको सेवाको जानकारी दिएका छन् । बैंकले यस शाखा भवनवाट ग्राहकहरुलाई लकर सेवा समेत आफ्ना सम्पूर्ण बैंकि¨ सेवा तथा सुविधाहरु उपलब्ध गराउने छ ।

Share News