काठमाडौं । केही दिन अघिमात्र ऊर्जा मन्त्री जनार्दन शर्माबाट नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिदै भने–‘जलाशययुक्त आयोजनाको भ्रमण गर्नका लागि अष्टे«लिया होइन, माथिल्लो तामाकोशी जाऊ ।’ ठूला नेतादेखि कर्मचारी तन्त्र तथा परियोजनाका पदाधिकारीहरूबाट अवसर खोजेर भ्रमणै गर्ने र राज्यको ढुकुटी रित्याउने काम भइरहेको छ ।
सरकारको विदेश भ्रमण, अनुगनम तथा मूल्यांकन जस्ता अनुत्पादक क्षेत्रमा खर्च बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा विदेश भ्रमण, अनुगनम तथा मूल्यांकनमा मात्र दुई अर्ब ३३ करोड ९६ लाख खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । सरकार परिवर्तन सहित विभिन्न वहनामा विदेश भ्रमण गर्ने र अनुगमन तथा मूल्यांकनका नाममा भत्ता खाने प्रवृत्तिको कारण खर्च यस्तो खर्च बढ्न गएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा यस्तो खर्च एक अर्ब ९२ करोड २४ लाख भएको थियो । राजनीतिक, कुटनीतिक तथा देश विकासका नाममा गरिने यस्ता भ्रमणबाट खासै उपलब्धी हासिल नभए पनि माटो रकम भने खर्च हुने गरेको छ । भ्रमणमा जाने भनेको ज्ञान तथा सिप हासिल गर्न जाने हो । तर, त्यहाँ सिकिएका सिपबाट उपलब्धी हासिल हुन नसक्ने हो कि गर्नु पर्यो विदेशको भ्रमण ।