इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट २३ लाख रकम गायब, छानबिन गर्दै प्रहरी

<p>धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख रुपैयाँ गायब भएको भन्ने ठाडो उजुरी आइतबार परेकाले आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने [&hellip;]</p>

धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख रुपैयाँ गायब भएको भन्ने ठाडो उजुरी आइतबार परेकाले आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस

Share News