पूर्वमन्त्री विद्याधर मल्लिक, विमल वाग्ले र रविन्द्र घिमिरे राष्ट्र बैंक सञ्चालक बन्ने लाईनमा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति केन्द्रहरुमा चहलपहल बढेको छ । स्थानीय निर्वाचनको मिति तोक्न सत्ता साझेदार र विपक्षी दलहरुबाट सरकारलाई दवाव परिरहेकोले निर्वाचनको मिति तोक्नु पूर्व [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति केन्द्रहरुमा चहलपहल बढेको छ ।

स्थानीय निर्वाचनको मिति तोक्न सत्ता साझेदार र विपक्षी दलहरुबाट सरकारलाई दवाव परिरहेकोले निर्वाचनको मिति तोक्नु पूर्व नै राष्ट्र बैंकका सञ्चालकहरु नियुक्ती गर्ने सरकारको योजना छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन खाली हुँदैछ । सञ्चालक बालकृष्णमान (विकेमान) श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल फागुनबाट सकिन लागेको छ ।

स्रोतका अनुसार विकेमान निलम्बरनमा परेपछि उनको ठाउँमा पूर्व सचिव विमलप्रसाद वाग्लेलाई नियुक्त गर्न अर्थमन्त्रालयले सिफारिस गर्दै थियो । तर थप दुई पद पनि खाली हुन लागेकोले तीन वटै पदमा एकै पटक नियुक्त गर्ने लाईनमा सरकार रहेको स्रोतले बतायो ।

अर्थमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाली काँग्रेस नेतृत्वबीच एउटा अनौपचारिक सहमति भएको छ । त्यसमा काँग्रेसको तर्फबाट पूर्वमन्त्री विद्याधर मल्लिक, माओवादीको तर्फबाट अर्थविद् डा. रविन्द्र घिमिरे र दुबै पार्टीले विश्वास गरेको पूर्व सचिव विमलप्रसाद वाग्लेलाई मन्त्रिपषिद्को एउटै बैठकबाट नियुक्त गर्ने सहमति भएको छ ।

पौडेल र अर्यालको कार्यकाल अझै एक महिना बाँकी भएकोले नयाँ सञ्चालकहरुको नियुक्त तत्काल हुनेछैन । ‘समय धेरै छ, धेरै चलखेल हुन्छ, अहिलेको सहमति अनुसार नै निर्णय हुन्छ भन्ने निश्चित छैन’ स्रोतले भन्यो–‘राष्ट्र बैंकको सञ्चालक बन्न प्रधानमन्त्री निवास, काँग्रेस सभापति शेरबहादुर देउवा निवास र अर्थमन्त्रालय धाउने धेरै जना छन् ।’

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमा ४ जना पदेन हुन्छन् । गभर्नर सञ्चालक समितिको अध्यक्ष समेत रहने व्यवस्था छ भने अर्थसचिव र दुई जना डेपुटी गभर्नर सञ्चालक समितिमा पदन सदस्य रहने व्यवस्था छ । तीन जना सरकारले नियुक्त गर्छ ।

राष्ट्र बैंकका सञ्चालकहरुले नियमित तलब त पाउँदैनन् तर भत्ता तथा अन्य सूविधा आकार्षक हुन्छ । भत्ता मात्र मासिक १ लाख रुपैयाँ भन्दा बढी हुन्छ । विदेश भ्रमणका अवसर धेरै हुन्छन् । राष्ट्र बैंकमा सञ्चालक हुनेले पावर प्रयोग गरी वित्तीय क्षेत्रमा आफ्ना मान्छेलाई रोजगारी दिलाउने गरेको पाइन्छ । राष्ट्र बैंकको सञ्चालक समितिमा सर्बसहमतिय निर्णयलाई उच्च स्थान दिने संस्कार भएकोले हरेक सञ्चालकसँग निर्णायक पावर भएको मानिन्छ ।

थप समाचारस : राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च

Share News