केन्या विमानस्थलसँग अडानीले गरेको पौने अर्ब डलरको लगानी सम्झौतामा अदालतको प्रतिबन्ध

<p>काठमाडौ । भारत र समग्र एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीले केही दिनअघि केन्याको विमानस्थलमा लगानी गर्न केन्या सरकारसँग १ अर्ब ८५ करोड डलरको सम्झौता गरेका थिए । तर, केन्याको उच्च अदालतले यस सम्झौतामा प्रतिबन्ध लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ । यो सम्झौताले अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडलाई केन्याको राजधानी नैरोबीमा रहेको जोमो केन्याटा इन्टरनेसनल एयरपोर्ट [&hellip;]</p>

काठमाडौ । भारत र समग्र एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीले केही दिनअघि केन्याको विमानस्थलमा लगानी गर्न केन्या सरकारसँग १ अर्ब ८५ करोड डलरको सम्झौता गरेका थिए । तर, केन्याको उच्च अदालतले यस सम्झौतामा प्रतिबन्ध लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

यो सम्झौताले अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडलाई केन्याको राजधानी नैरोबीमा रहेको जोमो केन्याटा इन्टरनेसनल एयरपोर्ट (जेकेआईए) लाई ३० वर्षसम्म सञ्चालन गर्ने अधिकार दिनेछ । यो केन्याको सबैभन्दा ठूलो एयरपोर्ट हो । तर, अदालतको अर्को आदेश नआएसम्म यो सम्झौता कार्यान्वयनमा रोक लगाइएको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार नैरोबीको जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल अडानी एयरपोर्टलाई भाडामा दिने केन्या सरकारको निर्णयलाई अदालतमा चुनौती दिइएको छ ।

केन्या मानव अधिकार आयोग र वकिल संघले यो कदमलाई असंवैधानिक भनेका छन् । उनले आफ्नो निवेदनमा यो रणनीतिक र नाफामुखी विमानस्थल निजी कम्पनीलाई भाडामा दिनुको कुनै औचित्य नभएको बताएका छन् ।

यो सुशासन, जवाफदेहिता, पारदर्शिता र जनताको पैसाको न्यायपूर्ण र जिम्मेवारीपूर्ण उपयोगको संवैधानिक सिद्धान्तको उल्लंघन भएको अदालतको भनाइ छ ।

यद्यपि, केन्या सरकारले जेकेआईएको विद्यमान क्षमता समस्यालाई तत्काल सुधार गर्न आवश्यक रहेको भन्दै सम्झौताको बचाउ गरेको छ ।

अडानी इन्टरप्राइजेजले अबुधाबीमा रहेको आफ्नो सहायक कम्पनी ग्लोबल एयरपोर्ट अपरेटरमार्फत विमानस्थलको पूर्वाधार स्थापना गरेको छ । कम्पनीले केन्या सरकारलाई सन् २०२९ सम्ममा नयाँ टर्मिनल र ट्याक्सीवे प्रणालीको लागि ७५करोड अमेरिकी डलर लगानीको प्रस्ताव गरेको छ ।

सन् २०३५ सम्ममा विमानस्थलको सुधारमा थप ९ करोड २० लाख डलर लगानी गर्ने योजना पनि अडानी समूहको छ । यदि यो सम्झौता भयो भने यो भारत बाहिर अडानी समूहको पहिलो एयरपोर्ट हुनेछ । हाल यो समूहले देशका आधा दर्जनभन्दा बढी विमानस्थल सञ्चालन गरिरहेको छ । एजेन्सी

Share News