एचआईडीसीएलको नाफा डेढ अर्ब रुपैयाँ, ईपीएस कति ?

<p>काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ५१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको आम्दानी ३९४.४१ प्रतिशत बढेर [&hellip;]</p>

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ५१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म कम्पनीको आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत घटेर २ अर्ब ८ करोड ५८ लाख रुपैयाँमा झरेको छ । कम्पनीको अन्य आम्दानी १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा बढेर ६.३५ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.९५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ०.४३ प्रतिशत बढेर २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ र जगेडा कोष ३६.५९ प्रतिशत बढेर ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

Share News