डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ अन्य देशको मुद्राको भाउ

<p>काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.३१ रुपैयाँसम्म पुगेको थियो । अमेरिकी डलरको मूल्य [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.३१ रुपैयाँसम्म पुगेको थियो ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । ेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

आज युरोपियन युरो एकको खरिददर १४६.५६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.२१ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.३१ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५५ रुपैयाँ र बिक्रीदर ९६.९८ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६६ रुपैयाँ र बिक्रीदर ३५.८२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४४ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३९ रुपैयाँ तोकिएको छ ।

Share News