लगानी बोर्डबाट बाहिरिए सीईओ भट्ट

<p>काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बाहिरिएका छन् । उनले लगानी बोर्डको सीईओको रुपमा ४ वर्षे कार्यकाल सकाउँदै बाहिरिएका हुन् । उनले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिँदै बाहिरिएका हुन् । ‘यस अवधिमा मलाई मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षज्यूप्रति कृतज्ञ [&hellip;]</p>

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बाहिरिएका छन् । उनले लगानी बोर्डको सीईओको रुपमा ४ वर्षे कार्यकाल सकाउँदै बाहिरिएका हुन् ।

उनले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिँदै बाहिरिएका हुन् ।

‘यस अवधिमा मलाई मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षज्यूप्रति कृतज्ञ छु, अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्षज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, लगानी बोर्डका सदस्यज्यूहरु तथा समग्र लगानी बोर्ड परिवारप्रति आभारी छु’, उनले भनेका छन्, ’लगानी बोर्डको काम कारवाहीलाई परिणाममुखी र प्रभावकारी बनाउन यहाँहरुबाट प्राप्त सहयोगको उच्च कदर गर्दछु ।’

उनी २०७७ साउन १९ गते लगानी बोर्डको सीईओमा नियुक्त भएका थिए ।

Share News