यूएईबाट आईएमई गर्दा घडी उपहार

<p>काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्न सक्नेछन् । फेरि त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना यही फेब्रवरी [&hellip;]</p>

ime_watch_giftकाठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।

योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्न सक्नेछन् । फेरि त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रतिकारोबार एक हजार दिराम भन्दा माथिको रकममा मात्र यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

Share News